आरएन पटेल । रौतहट । माघ १५ गते
रौतहटमा भन्सार छलीका सर-सामानहरु जिल्ला प्रहारी कार्यालयद्वारा भन्सार कार्यालय बुझाईएको छ ।
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा त्यस मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको सर समानहरु भन्सार कार्यालय बुझाइएको हो । अन्दाजी मुल्य रु.२,९०,४३०।-(दुई लाख नब्बे हजार चार सय तीस) बराबरको गाडीको फिल्टर, खानेतेल, वेवी सुट, लेडिज बच्चाको फ्रक, कुर्ता सुरुवाल, साडी, सोनाटा कम्पनीको घडी, घडी सर्फ, ठुलो जिन्स पाईन्ट, पेटीकोटको थान कपडा, ट्राउजर, चुरोट, राजनिवास, डटपेन, मोबाईल चार्जर, चिनी, लगायतका अन्य मालबस्तुहरु वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि बिहीबार गौर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sthaniya News
