राजेश पासवान निर्माणी । रौतहट । माघ २८ गते
रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेकोछ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकरपाथरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी परित्याग गरि धेरै व्यक्ति नेपाली काग्रेसमा प्रवेश गरेकछ।पार्टी प्रवेश गर्नेहरुमा,भोला साह,राजिन्द्र ठाकुर, दसरथ राम,विरेन्द्र राम,रामएकवाल साह,सिकिन्द्र पटेल,धर्मराज ठाकुर ,दिपेन्द्र साह र राजपत राउत रहेकाछन।
नव प्रवेसि व्यक्तिहरुलाई नगर प्रमुख रामसनेही यादवले फुलमाला तथा लगाई स्वागत गरेकाछन।सो कार्यक्रममा बोल्दै नगरप्मुख यादवले नव प्रवेसि व्यक्ति तथा आफ्ना नगरबासीहरुलाई आफू जुन सुकै अवस्थामा रहेपनि सधै साथ र सहयोग गरीरहने प्रतिवद्धधता समेत गरे।साथै नेकपाले दुई तिहाइ ल्यार पनि नेपाली जनता र देशका लागि केही गरी देशलाई खाल्डो तर्फ धकेल्ने प्रयास गरिरहेकोछ।जुन नेपाली जनता र नेपाली काँग्रेसले कतै सहनेछैन।र देशलाई अब कम्युनिस्ट को होईन काँग्रेसको आवस्यक्ता छ त्यसैले अबको चुनावपछि नेपाली काग्रेसको सरकार नै बन्ने भएकोले नेपाली कांग्रेसलाईनै सहयोग गर्न आग्रह समेत गरे।
कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष दिनानाथ महतोले गरेको थियो भने प्रमुख अथितिमा वृन्दावन नगरपालिकाका नगरप्रमुख रामसनेही यादव,बिशिस्ट अथितिमा रामअंज्ञा यादव,अथितिमा वडा सभापति राधेश्याम श्रीवास्तव,वडा सदस्य अच्छेलाल महतो,सुरेश ठाकुर,मावि बरगजवाका विधालय व्यवस्थापन समितिको अध्यक्ष सिकिन्द्र यादव र प्रेमलाल ठाकुर लगायत स्थानिय बासीहरुको पनि उपस्थिति रहेको थियो।
Sthaniya News
