Breaking News
वृन्दावन नपाले १ सय जना बेरोजगारलाई ४० दिनको रोज़गारी गरे प्रदान

वृन्दावन नपाले १ सय जना बेरोजगारलाई ४० दिनको रोज़गारी गरे प्रदान

आरएन पटेल । रौतहट । माघ २८ गते
रौतहटको वृन्दावन नगरपालिकाले एक सय जना बेरोजगारहरुलाई रोज़गारी दिने अवसर प्रदान गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका दुई वटा वडामा ४० दिनको लागि रोज़गारीको अवसर सृजना गरेका छान ।
वृन्दावन नपाको वडा नं। ७ धमौरा,कमलपट्टी र वड़ा नं। ८ बहुअरी,बरगजवामा ग्ल्ँए को योजना अन्तर्गत संचालित युवा स्वरोजगार कार्यक्रममा दुईटै वडामा ५० र ५० जनाले रोज़गारी पाएका नगरपालिकाको रोजगार संयोजक हरेराम पंडितले बताए ।


स्वरोजगार कार्यक्रम अन्तर्गत नपाको वड़ा नं। ८ बरगजवामा भइरहेको नहरको पैनी सफाई कार्यमा खटेका कामदारहरु पारिश्रमिक वापत प्रत्येक दिनको ५ सय १७ रुपैयाका दरले पाउने खटेका कामदारहरुले बताए । स्थानीय सरकार भए देखी हामी गरीब तथा विपन्न वर्गका मानिसलाई केहि सजिलो भएको र यस्ता विभिन्न रोज़गारीको अवसरले झन सहयोग पुग्ने एक महिला कामदारले बताइन ।
कार्य अनुगमनको क्रममा अनुगमन गर्न गएका वड़ा नं। ८ का वड़ा अध्यक्ष दिनानाथ महतो र रोजगार संयोजक हरेराम पंडितसंग कुरा गर्दा यस कार्यमा गरीब तथा विपन्न वर्गका महिलाहरुलाई बढ़ी प्राथमिकता दिएको बताउनु भयो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*