Breaking News
प्रहरीद्वारा विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

प्रहरीद्वारा विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

आरएन पटेल । रौतहट । माघ २९ गते
रौतहट जिल्लामा विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जिल्ला प्रहरीद्वारा कारागार चलान गरिएको छ ।
सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका तथा घटना पश्चात फरार रहेका विभिन्न मुद्दाका प्रतिवादीहरुलाई कारागार चलान गरिएको हो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा घटना पश्चात फरार रहेका प्रतिवादी जिल्लाको साविक गा.वि.स. वडा नं.९ प्रतापपुर पल्टुवा हाल गुजरा नगरपालिका वडा नं।७ वस्ने महमजान अंसारीको ३७ वर्षीय छोरा महम्दीन अंसारी सम्मानित रौतहट जिल्ला अदालतको आदेशले बिहीबार २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएका छान । भने लागु औषध मुद्दामा २ महिना कैद र १४ हजार ४ सय ५० रूपैया जरीवाना भएका फरार प्रतिवादी चन्द्रपुर नगरपालिका वडा नं.६ वस्ने ३० वर्षीय संजिव ठोकर कैद भुक्तानको लागि कारागार चलान भएका छन ।
जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय चन्द्रपुर र ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले मंगलबार निजहरुलाई पक्राउ गरी सम्मानित अदालतमा पेश गरिएका थिए । अदालतको आदेशले निज प्रतिवादीहरुलाई बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*