Breaking News
भ्रामक समाचारप्रति राैतहट २ का सांसद किरण साहको गम्भीर ध्यानाकर्षण ।

भ्रामक समाचारप्रति राैतहट २ का सांसद किरण साहको गम्भीर ध्यानाकर्षण ।

रौतहट, पुस १५ गते ।
प्रभु साहले खाेलेकाे पार्टी आम जनता पार्टीमा आफ्नो नाम समावेश गरेको भ्रामक समाचारप्रति राैतहट क्षेत्र नं. २ का सांसद किरण साहको गम्भीर ध्यानाकर्षण भएको छ । नया पार्टी खोलने तथा यस पार्टीमा आफूलाई समावेश गरिएको बारे आफूलाई केहि पनि जानकारी नभएको हुदा यस सम्बन्धी कपोकल्पित एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको वहाले बताउनु भएको छ ।

आम जनता पार्टी घोषणा भएको विभिन्न मिडिया मार्फत सुनेको खबरले मेरो नाम जोडेर संसदीय बिभाग प्रमुख नियुक्त गरेको सुन्दा अचम्मित भएको बताउनु भयाे । मेरो बिना कुनै समर्थन आफु खुसी नाम राख्ने समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । आज को यो भिष्म परिस्थितिमा हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको छ त्यसको समाधान तीर लाग्नुको सटा आफ़नो ब्यक्तिगत स्वार्थका कारण अस्थिरताको खाडलमा धकेलने र नया नया पार्टी खोली देशलाई झन अस्थिरता तिर लानु नै मेरो बुझाइ रहेको बताए ।

यस्तो गति विधि गर्ने जो कोहि प्रती पनि मेरो असमर्थन रहने छ भन्ने जानकारी गराउनु भयाे । क्रान्तिकारीहरु एकताबद्ध हुनु पर्ने बेलामा र वर्तमान राजनीतिक संकटको अग्रग़ामी निकासको लागि बृहत मानवीय एकता ,मानव सभय्ता र संस्कृतिको ख्याल नगरी त्यो सबैलाइ कुल्चिदै आफ्नो ब्यक्तिगत उचाइ हासिल गर्नको निम्ति कसैको नाम जोड्नु दु:खद हो । वहाँले भन्नु भयाे यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ ।

यथार्थ नबुझि यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सम्पुर्ण नेता कार्यकार्ता र सुभचिन्तकहरु सबैमा साहले आग्रह गर्नु भएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*