Breaking News
रौतहटमा मोटरसाईकल र म्याजिक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु।

रौतहटमा मोटरसाईकल र म्याजिक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु।

रौतहट। पुस १६ गते ।
रौतहटमा मोटरसाईकल र म्याजिक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । जिल्लाको गौर – चन्द्रपुर सड़क खण्डको सखुअवा चौकमा ना १ ज ६७४९ नम्बरको म्याजिकले बा ३९ प ६८६५ नम्बरको मोटरसाइकललाई ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

दुर्घटनामा मृत्यु हुने जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ बस्ने ६५ वर्षीय परमात्मा प्रसाद साह र वडा न ३ बस्ने ५५ वर्षीय गोकर्ण यादव रहेको प्रहरीले जनाएको छ ।


दुर्घटना पछि घाईते भएको दुवै जनाको तराई सिटि होस्पितल सुकदेव चौकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले म्याजिक चालकलाई नियन्त्रणमा लिई थप्प अनुसन्धान अगाडी बढाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*