आरएन पटेल,रौतहट । पुस १६ गते ।
रौतहटको बौधिमाईमा नेपाल तुरहा कल्याण समितिको चौथो केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बौधिमाई नगरपालिकाको वडा नम्बर ७ बंकुल बजार स्थित रहेको सिता पार्टी पैलेसमा देशैभरका तुरहा समुदायका व्यक्तिहरु साधारण सभाका लागि भेला भएका थिए ।

राष्ट्रिय पहिचान,जातिय स्वभिमान,समग्र र आत्मसम्मान रक्षाको लागि तुरहा समुदाय एक जुट होऔं भन्ने नाराका साथ गठित समितिले चौथो केन्द्रिय वार्षिक साधारण सभा २०७९ बोलाएको थियो ।
नेपाल तुरहा कल्याण समितिको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नव निर्वाचित संघिय सांसद किरण साह रह्नु भएको थियो । कार्यक्रमको अध्यक्षता विपीन साह तुरहाले गर्नु भएको थियो भने स्वागत मन्तव्य परमेश्वर साहले राख्नु भएको थियो ।

२०७५ सालमा स्थापना भएको सो संस्थाले तुरहा जातीको हकहितको लागि काम गर्दै आइरहेको छ । कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथी साहले तुरहा जाती लाइ सूचिकृत आफूले सदनमा आवाज उठाउने आश्वासन दिनु भएको थियो । उनले भने,‘सबैले एउटा संकल्प लिनु पर्छ । निति निर्माण ,सभ्यता र संस्कृतिको रक्षाको सबैजना लाग्नुपर्छ । तुरहा समाजको विकास भए मात्रै समाजमा रूपान्तरण सम्भव रहेको वहाँले बताउनु भयो ।
उनले भने समाजलाई उजारगर गर्नु पर्छ । हरेक जातजाति जोडेर एकताको समाज निर्माण गरिनु पर्दछ । तब मात्र सफल समाज निर्माण हुन सकछ ।
त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै बौधीमाइका नगरप्रमुख प्रदिप यादवले बौधीमाई नगरपालिका तुरहा समाजको विकासको लागि हरदम तत्पर रहेको उल्लेख गर्नु भयो । तुरहा समाजका बालबालिकाको शिक्षामा लगानी गर्न तयार रहेको घोषणा गर्नु भयो । वहाँले भन्नुभयो,‘ सुरक्षित नागरिक आवास निर्माणमा तुरहा समाज लाई पहिलो प्राथमिकतामा राखने उद्धघोस गर्दछु । उक्त समाजलाइ आफनो तर्फबाट र नपाको तर्फबाट हुने अधिकतम सहयोगको घोषणा गर्नु भयो । सो अवसरमा इशनाथका पूर्व मेयर संतोष मेहता, वडा नम्बर ९ मुक्तिनारायण मिश्र सहित देशभर बाट तुरहा समुदायका हजारौं व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Sthaniya News
