आरएन पटेल ,रौतहट । पुस १७ गते ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर ४ इनरवारीमा रहेको ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुलले आफनो वार्षिकोत्सब भव्य रूपमा मनाएको छ । आइतबार सो बोर्डिङ्ग स्कुलले १२ औं बिधालय वार्षिकोत्सब कार्यक्रम २०७९ आयोजन गरेको थियोे ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ क का प्रदेश सांसद कनिश पटेल रह्नु भएको थियो भने विशिष्ट अतिथिको रूपमा बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादव रह्नु भएको थियो ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा बिधार्थी बहिनीहरूले स्वागत गितमा नृत्य गरि स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता रामकुमार पटेलले गर्नु भएको थियो । जबकि कार्यक्रम सञ्चालन बिरू कुमार पटेलले गरेका थिए । बोर्डीङ्ग स्कूलका फाउन्डर राजकुमार पटेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

वार्षिकोत्सबको अवसरमा स्पीच,नृत्य र गित प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितातामा नृत्य तर्फ प्रथम विद्यार्थी (समिक्षा पटेल,गायन तर्फ प्रितम पटेल र स्पीच तर्फ पुरुषोतम यादवपुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुुख अतिथी प्रदेश सांसद पटेलले आफनो बालबालिकाको शिक्षा प्रति अभिभावक पहिला भन्दा अहिले सजग भइकेको भन्दै सराहना गरेका थिए । अहिले महिला शिक्षा प्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जोड दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तुरुन्त नारायण यादवले ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुल १२ वर्ष प्रवेश गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै वहाँले निजी बिधालयमा जति राम्रो शिक्षा पाईरहेको त्यो भन्दा कम सामुदायिक बिधालयको शिक्षा होईन् । तर त्यहाँ अभिभावकहरू आकर्षण कम छ । अभिभावकको चासो सामुदायिक बिधालय प्रति हुनुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा वडा अध्यक्ष तुरन्त नारायण यादव, एन प्याब्सन रौतहटका उपाध्यक्ष जितेन्द्र पटेल लगायत स्थानीय भद्रभलादमी,शिक्षक,शिक्षिका,अभिभावक,बिधार्थीहरूको उत्साहजनक सहभागीता रहेको थियो ।
Sthaniya News
