Breaking News
जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।

जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।

रौतहट, भदौ १५ गते ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठक बाट जिल्लाको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरको कर्मचारी मिलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।
साथै रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबसिस्ट यादव सर्लाही जिल्लाको इंचार्जको जिमेवारी पाएकोमा वहालाई अबीर,माला, गम्छा बाट स्वागत गरी बिदाई गरियो साथै संगठन बिभागको सदस्यमा मो.अनवर हाशमी, दलित संगठनको सदस्यमा पुनीत राम र प्रचार प्रसार संगठनको सदस्यमामा राजकुमार दास लाई पार्टीले जिमा दिएकोमा आज टिका लगाई पार्टी बाट स्वागत गरेकोमा जिल्ला कार्य समितिलाई विशेष धन्यवाद ब्यक्त गरेका छन्।


आजको बैठकको अध्यक्षता जिल्ला अध्यक्ष श्याम बिहारी यादवले गरेका थिए सो अवसरमा पार्टी पंक्तिका शीर्ष नेता विश्वनाथ पटेल, प्रदेश सांसद सोभा देवी साह, प्रदेश सदस्य अनिल कुमार यादव, प्रदेश सचिव पुनीत राम, गुजरा नगरपालिकाको नगर प्रमुख संतलाल चौधरी, संघीय परिषद सदस्य धीरेन्द्र यादव, जिल्ला उपाध्यक्ष अमृत चौधरी समेतका उपस्थिति रहेका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*