Breaking News
बौधिमाईमा २०औं महिला स्वास्थ्य स्वयं सेविका दिवसमा हाजिरीजवाफ प्रतियोगिता ।

बौधिमाईमा २०औं महिला स्वास्थ्य स्वयं सेविका दिवसमा हाजिरीजवाफ प्रतियोगिता ।

रौतहट । मंसिर १९ गते ।
बौधिमाई नपामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता,रैली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


२०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बौधिमाई नगरपालिकाको सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान, रैली तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । नगरपालिका भित्रका प्रत्येक वडा अन्तर्गतका स्वास्थ्य संस्थाका सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई आज एक कार्यक्रमका बिच दोसला ओढाएर सम्मान गरिएको हो ।
” स्वास्थ्य क्षेत्रमा दिगो विकास -महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास ” भन्ने नाराका साथ मंगलबारका दिन नगरपालिकाकाे कोपवा स्थित सामुदायिक भवनमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।


कार्यक्रममा सहभागी वडा नं. १ देखी ९ सम्मका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरु बिच हाजिरीजवाफ प्रतियोगिताको माध्यमले प्रतिस्पर्धा गराईएको थियो ।

बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रमको प्रतियोगितामा वडा नं. ३ का महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रथम स्थान प्राप्त गरि पुरस्कार प्राप्त गरेकी छिन भने द्वितीय र तृतीय क्रमश: वडा नं. ७ र वडा नं. १ का महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुरस्कार प्राप्त गरेकी हुन ।


कार्यक्रममा नगर प्रमुख प्रदीप कुमार यादवले नपा भरिका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसला ओढाएर सम्मान गरेका हुन ।


कार्यक्रममा नगर उप प्रमुख प्रमिला जयसवाल, नि. प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव, स्वास्थ्य संयोजक तारकेश्वर पटेल, सह-स्वास्थ्य संयोजक राकेश यादव, पालिका भरिका सम्पूर्ण स्वास्थ्यकर्मिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, वडा अध्यक्षगण, जनप्रतिनिधि लगायत कर्मचारीहरुको उपस्थिति रहेकाे थियाे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*