आरएन पटेल, मंसिर २२गते ।
मुख्यमंत्री यादवद्वारा बारागढीमा प्रशासकीय भवनको उद्घाटन कार्य बिधिवत रूपमा सम्पन्न भएको छ । बारा जिल्लाको स्थानीय तहहरू मध्ये बारागढि गाउँपालिकाको वडा नम्बर ३ खाेपवा स्थित गाउँ कार्यपालिकाको कार्यालय भवनको प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्य मन्त्री माननीय सराेज कुमार यादवकाे प्रमुख अतिथ्यता र बारागढी गाउँपालिका अध्यक्ष असाेक कुमार जयसवालकाे अध्यक्षतामा साे उद्घाटन कार्य सम्पन्न भएको हो ।

मधेश प्रदेशका मुख्य मन्त्री सराेज कुमार यादव र पालिका अध्यक्ष असाेक कुमार जयसवालले संयुक्त रूपमा साे प्रशासकीय कार्यालय भवनकाे रिबन काटेर उद्घाटन गरेको हुन।

साे उद्घाटन समारोह कार्यक्रममा बारा क्षेत्र नं१ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनाली, बारा क्षेत्र नं१ का प्रदेश सभा सदस्य त्रिलाेकी प्रसाद चाैधरी,पालिका उपाध्यक्ष लक्ष्मी देवी राय प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी , बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा जिल्ला समन्वय समितिकी उपप्रमुख चन्द्रिका उप्रेती ,बारा गढि गाँउपालिकाका पुर्व अध्यक्ष देवदत बछार थारू,जसपाका केन्द्रीय सदस्य प्रकाश चाैलागाई, शला देवी साह, रामबाबु राय कलैया उपमहानगरपालिका बिनाेद प्रसाद साह,लगाएतका ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।
निर्माण कार्यकाे आयाेजना २०७८/२/२१देखि सुरू भएको थियो भन्ने सम्माप्न मिती २०७९ मंसिर २१ गते भएको सम्झौतामा उल्लेख गरिएको हाे।
भवनमा कुल लागत ५ कराेड ७६ लाख ३२ हजार ५४ रूपैया लागतमा भवन निर्माण भएको हाे ।
निर्माण गर्ने कम्पनी दिवा ,महावीर ,भुपेन्द्र जे.वी कन्स्ट्रक्सनले निर्माण गरेकाे हाे।
कार्यक्रमका अध्यक्ष जयसवालले निर्माण कम्पनीको ठेक्केदारलाई समयमा निर्माण कार्य सम्पन्न गरेकोले निजलाई मायाको चिनाे र दाेसाला ओढाएर सम्मान गरेका हुन।

साे भवन उद्घाटन कार्यक्रममा बारा गढिगाँउपालिकाका वडा नं १ देखि ६ सम्मका वडा अध्यक्षहरू, पालिकाका सबै शाखाका प्रमुखहरू र कर्मचारीहरू प्रहरी , कलाकार र पत्रकारहरूकाे उपस्थिती रहेका थियाे।

Sthaniya News
