आरएन पटेल ।
रौतहट, असोज ०१ गते ।
भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास कार्य सम्पन्न भएको छ । जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिका वडा नं ११ भैसहीमा शहीद स्मृति बजार व्यवस्थापन समितिद्वारा एक कार्यक्रमका बिच बजार व्यवस्थापनको लागि ट्रस भवन निर्माण कार्यको सामूहिक रूपमा शिलान्यास गरिएको हो ।

बाजार व्यवस्थापन समितिको अध्यक्ष शिवनाथ कुशवाहा उर्फ सागर कुशवाहाको अध्यक्षतामा समितिका सम्पूर्ण पदाधिकारीहरु तथा समाजसेविहरुको रोहबरमा उक्त शिलान्यास कार्य सामुहिक रुपमा सम्पन्न गरिएको हो । यस कार्यले स्थानीय समुदायमा उत्साह र उल्लासको माहोल सिर्जना गरेको छ, जसले बजार व्यवस्थापनको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गर्दछ।

शिलान्यास कार्यक्रममा समितिका अध्यक्ष शिवनाथ कुशवाहाले विधिवत रुपमा पूजापाठ गरी शिलान्यास कार्यमा अग्रेनी भूमिका निर्वाह गर्नु भएको छ । समितिका सदस्यगण एवं समाजसेविहरुको सहयोगले शिलान्यास कार्य सफलता पूर्वक सम्पन्न भएको जसले समाजमा एकता र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गरेको समितिका अध्यक्ष कुशवाहाले बताए ।

कार्यक्रममा बजार व्यवस्थापन समितिका सचिव विजय चौधरीले सक्रिय भूमिका निर्वाह गर्दै बजार व्यवस्थापन, बजेट तथा आगामी योजनाहरूको बारेमा जानकारी गराउँदै यो निर्माण कार्यले बजार क्षेत्रको व्यवस्थापनमा सुधार ल्याउने तथा स्थानीय जनसमुदायहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्ने बताउनुभयो । साथै समितिको आर्थिक गतिविधि र योजनाहरूको बारेमा जानकारी गराउदै बजार व्यवस्थापन समितिसंग बचतको रुपमा रहेको जम्मा २ लाख ४६ हजार रुपैया मध्येबाट यस निर्माण कार्यको लागि विभिन्न सामग्री खरिद वापत कुल १ लाख ९० हजार रुपैया खर्च भइसकेको तथा बाकी रहेको ५४ आफु संग यथावत रहेको कार्यक्रममा पारदर्शी रुपमा सार्वजनिक गरेका हुन । उहाँले वर्तमान खर्च, बचत र आम्दानीका स्रोतहरूको विस्तृत विवरण प्रस्तुत गर्दै ट्रस निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध कसरी गरिने भन्नेबारे जानकारी गराउनु भयो । चौधरीका अनुसार बजार व्यवस्थापन समितिले विभिन्न स्रोतहरूबाट संकलन गरिएको आर्थिक सहयोगमार्फत यो निर्माण कार्यलाई सम्पन्न गर्ने योजना बनाएको बताउनु भयो ।
समितिका कोषाध्यक्ष हितनारायण चौधरीले पनि समारोहमा आफ्नो उपस्थिति जनाउँदै यस परियोजनाको वित्तीय व्यवस्थापनको जिम्मेवारी पूरा गर्न तत्पर रहेको बताए। साथै, समितिका सदस्यहरू शम्भु महतो र खजान्ती महतोको पनि यस कार्यक्रममा उल्लेखनीय भूमिका रहेको थियो।
शिलान्यास कार्यक्रममा श्री मनरूप महतो शहिद स्मृति वन सामुदायिक समितिको अध्यक्ष राजदेव सिंह पटेल उर्फ प्रदीप पटेल, हजारी महतो, भूपेन्द्र चौधरी, डा. बेनीलाल महतो लगायत विभिन्न पार्टीका नेता – कार्यकर्ता, स्थानीय भद्रभलादमी, बुद्धिजीवी, व्यापारी, ठेकेदार तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
Sthaniya News
