रौतहट ।
मंसिर २५ गते ।
रौतहटमा स्करपियो अनियन्त्रित भई दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । गढीमाई मन्दिर दर्शन गरेर सिरहाको अर्नहा घर फर्कँदै गरेका दर्शनार्थी चढेको स्करपियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।
पञ्चवर्षीय गढ़ीमाई मेला बाराको बरियारपुरबाट सिरहाको अर्नहा फर्कँदै गरेका यात्रुवाहक स्करपियो रौतहटस्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान दुर्घटना हुँदा चालक सहित आठ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बालबालिका समेत चार जना घाइते छन् । बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई धन्सार पुल नजिक सडक किनारको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृतक तथा घाइते सबैको सनाखत हुन बाँकी नै रहेको बताईएको छ । साभार: कान्तिपुर टीभी
Sthaniya News
