रौतहट
मन्सिर ३० गते ।
नेपाल पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। महासंघ रौतहट शाखामा नवनिर्वाचित अध्यक्ष संजय कुमार कार्कीले आइतबार सपथग्रहण संगै कार्यभार सम्हालेका छन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हालेका हुन् ।

महासंघको निर्वाचनका लागि तोकिएको तथा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराएका निर्वाचन अधिकृत विनयलाल दासले टिका लगाएर जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरेका हुन ।

अध्यक्ष संजय कार्की संगै नवनिर्वाचित उपाध्यक्ष दिल्ली बहादुर कार्की ,महिला उपाध्यक्षमा बिना पटेल सचिव गौतम श्रेष्ठ , सहसचिव दिनेश यादव, जितेन्द्र श्रीवास्तव , कोषाध्यक्ष संजय सहनी, सदस्य राम प्रवेश बैठा सहित विभिन्न सदस्य रूद्रा कुमारी कार्की, प्रकाश श्रेष्ठ, राम पुकार पटेल, उमेश यादव, कृष्ण तेवारी, रेशमी पटेल लगायत नन्द भूषण श्रीवास्तव सहित विभिन्न पदमा निर्वाचित भएकाहरुलाई टिका लगाएर प्रमाणपत्र दिइएको देखियो ।

नवनिर्वाचित अध्यक्ष कार्की सहितका पदाधिकारीहरुलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना सहित व्यवसायीक पत्रकारको पक्षमा कार्य होस, निष्कृयलाई सक्रिय बनाउने कार्य होस, पित पत्रकारिता गर्नेलाई पनि सहि मार्गमा हिड्न महासंघको नेतृत्वले विचार गरोस, पत्रकारको आडमा हुने अनेक गतिविधिको अन्त्य गरी रौतहटमा सहि पत्रकारिताको विकासमा अध्यक्ष संजय कुमार कार्कीको टिमलाई सफलता मिलोस भने स्थानीय न्यूजले कामना गरेको छ ।
Sthaniya News
