रौतहट,स्थानीय न्यूज ।
पौष १ गते ।
रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंहलाई मातृ शोक परेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूआठा गाउँ निवासी युवा पत्रकार सत्येन्द्र प्रताप सिंहको ममतामयी आमा कमला देवी राजपुतको ८० वर्षको उमेरमा प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा निधन भएको हो ।
स्वासप्रश्वासमा अचानक समस्या देखिएपछि उनको आमालाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा आइतबार भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको सोमवार निधन भएको हो । सिंहका आमालाई आजै सोमवार रौतहटको बागमती नदीमा अन्त्यष्टी गरिएको छ ।
रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंहका ममतामयी आमाको निधनको खबरले स्थानीय न्यूज मिडियाका सम्पूर्ण परिवारलाई मर्माहित बनाएको छ । आमाको आत्माले स्वर्गमा बास पाउन, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनलाई यस दुःखद घडीमा ईश्वरले धर्यधारण गर्ने शक्ति प्राप्त गरुन भन्दै स्थानीय न्यूजले हार्दिक समवेदना सहित गहिरो दुःख व्यक्त गर्दछ ।
Sthaniya News
