सागर संगम ठाकुर ।
रौतहट, पौष २ गते ।
रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिपरामा हुदै गरेको सडक ढलान स्थानिय बन्द गराएका छन ।
संघिय सरकारको कुल ८० लाखको लागतमा भईरहको सडक ढलानमा ईस्टिमेट अनुसार सिमेन्ट नलगाउदा स्थानीयहरुले काममा रोक लगाएको हो ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको निर्देशनमा कामदारहरुले १५ बाल्टीन बालुवामा पौने दुई बाल्टीन सिमेन्ट हालेर ढलान गर्न थालेपछि वडा नम्बर ५ टोल पिपराका स्थानियहरुले ढलान कार्य बन्द गराएका हुन ।
मंगलबार स्थानीय नेपाली कांग्रेसका नेता भोला राय यादवको नेतृत्वमा गएका स्थानियहरुले सडक ढलानमा ईस्टिमेट अनुसार सिमेन्ट प्रयोग नगर्दा काम बन्द गराईएको स्थानीयहरुले बताएका छन।

यस अघि सोही सडक ढलानमा पिपिसी सिमेन्टको प्रयोग भएपछि स्थानियहरुले त्यसको गर्दा बिरोध गर्दा काम नरोकिएको भन्दै आक्रोशित स्थानियहरुले आज पुर्ण रुपमा काम बन्द गराएको कांग्रेस नेता यादवले जानकारी दिनु भयो ।
केन्द्र सरकारको बजेटमा निर्माण हुदै गरेको सडकमा भ्रष्टचार गर्न मेयर साहले मनपरी गर्न थालेपछ स्थानियहरुले ईस्टिमेट अनुसार सामग्रीहरु प्रयोग नगरे सडक ढलान हुन नदिने अडान लिएका छन ।
बिकाश निर्माणको काममा मेयर साहको पटक पटक यस्तै रबैया रहेकाले ठाउँ ठाउँमा बिरोध हुदै आएको छ । मेयर साहले बिकाश निर्माणको नाउँमा राज्यकोषको सम्पत्ती लुटने कार्यमा ब्यस्त भएपछि अहिले नगरभरीमा नै उनको बिरोध भईरहेको छ ।
यसअघि मेयर साहको निर्देशनमा पिपिसी सिमेन्ट प्रयोग गरि कमदारहरुले सडक ढलान गरेको स्थानिय कांग्रेस नेता यादवले आरोप लगाउनु भयो ।
सडक ढलानमा कमसल समाग्री प्रयोग गरिरहदा स्थानियहरुले पटक पटक काममा रोक लगाएपनि काम नरोकिएको भन्दै आक्रोसित भएका स्थानियहरुले अब होडिङ्ग बोड राख्नुपर्ने अडान लिएका छन ।
भौतीक संरचना वा सडक ढलान जस्ता सरकारी स्तरको कार्यमा होडिङ्ग बोड राख्नुपर्ने सरकारी नियम भएता पनि मेयर साहले मनपरी गरी बोड नलाई सडक ढलान कार्य गराई राखेको थियो ति नेताले भने ।
यादवले सढकल ढलान गर्नु अघि सडकमा गिटी राखेर ग्रेबल गरि पानी हालेर रोलरले मिलाएपछि मात्र ढलान गर्नु पर्छ तर त्यस्तो नगरी ढलान कार्य शुरु गरेपछि स्थानियहरु त्यहीबेला देखि आक्रोसित भएको छ भन्नु भयो ।
यसै बिषयलाई लियर नेता यादवले पालिकाका उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत,स्थानिय प्रशासन र पालिका भित्रका राजनितिक दललाई जानकारी गराई सकेको बताउनु भयो ।
सडक ढलानमा गुणस्तर र कमसल समाग्री प्रयोग गरिरहदा समयमा संम्बन्धीत निकायले चासो नलिए ढलान कार्य हुन्न नदिने स्थानियहरुले चेतावनी दिनु भयो ।
पिपराकै सडक ढलानको लागि यसअघि जयनगरमा रहेको हाडवेयर पसलबाट लोड गरिएको पिपिसी सिमेन्ट स्थानियले देखेर बिारेध गर्दा सो सिमेन्ट गोदाममै थनकाइयो थियो ।
मेयर साहले पैसा बचाउन सडक ढलानमा पिपिसी सिमेन्टको प्रयोग गरेर राज्यको सम्पती लुटने खेलमा लागे भन्दै त्यस कार्यको रोकनको लागि सबैले एकजुट हुन जरुरी रहेको नेता यादवले बताए ।
सडक ढलानमा कमसल समाग्री प्रयोग भएपछि सरकारको लगानी बालुवामा पानि खन्याको सरह हुने भन्दै त्यसलाई रोक सबै वडाबासीको कर्तब्य रहेको उनले भने ।
गाउँ होस वा अन्य सडक यदी सडक ढलना गर्दा सकडको बिच भाग खाली गरि ढलान गर्नु पर्ने हुन्छ तर मेयर साहले सडको बिचमै गागिडिएको बिद्युत ट्रान्फरर्मर अन्यन्त्र ठाउँ नसारी कन ढलान गरेपछि त्यस्को फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ ।
Sthaniya News
