Breaking News
रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

स्थानीय न्यूज
रौतहट,साउन ०६ गते २०८२।
रौतहटको गरुडा प्रहरीले गाडी सहित १३३ केजी गाँजा बरामद गरेको छ। मंगलबार बिहान करिब ८:४० बजे को समयमा जिल्लाको गरुडा नगरपालिका ईलाका प्रहरी कार्यालय क्षेत्रअन्तर्गत ट्राफिक प्रहरीले चेकजाँचको क्रममा गाड़ी कुदाएर भाग्ने क्रममा अनियन्त्रित हुँदा चालकले गाड़ी छोड़ी फरार भएको तथा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो।

गरुडा प्रहरी कार्यालय नजिकै ट्राफिक प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा गाडी नम्बर ग ३ च ६८९६ का चालकले अटेरी गर्दै गाडी भगाएका थिए। ट्राफिक प्रहरीले गाडीको तत्काल पिछा सुरु गरेको थियो। केही मिनेटपछि झाझपुल नजिकै पुग्दा चालकले नियन्त्रण गुमाएर गाडी खाल्डोमा खसालेका थिए। त्यसपछि उनी गाडी छोडेर फरार भएका थिए।
प्रहरी टोली घटनास्थलमा पुग्दा गाडी खाल्डोमा अड्किएको अवस्थामा भेटिएको थियो। गाडी खाल्डोबाट निकाली भित्र तलासी गर्दा प्लास्टिकमा प्याक गरिएको अवस्थामा करिब १३३ केजी गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए।

डिएसपी कार्कीका अनुसार, गाडीलाई किरानको सहायताले खाल्डोबाट निकालेर प्रहरी कार्यालयमा ल्याइएको छ। गाँजा ओसारपसारमा प्रयोग भएको सो गाडी हाल प्रहरी नियन्त्रणमा रहेको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
उनले थपे, “लागुऔषध गाँजा ठूलो मात्रामा फेला परेको छ, जसको स्रोत र गन्तव्य पत्ता लगाउन अनुसन्धान अघि बढाइएको छ। सम्भावित तस्कर र सञ्जालबारे पनि खोजी कार्य जारी छ।”
प्रहरीले पछिल्लो समय रौतहटसहित तराईका विभिन्न सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबार बढेको भन्दै निगरानी कडा पारेको जनाएको छ। यस किसिमका अवैध कारोबार रोक्न ट्राफिक र सादा पोशाकमा खटिएका प्रहरी सक्रिय रूपमा परिचालन गरिएको डिएसपी कार्कीले बताएका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*