स्थानीय न्यूज
रौतहट,साउन १० गते ।
रौतहटमा जनमत पार्टीका नेता मोहम्मद आलम उर्फ बाबुसाहेबको पहलमा मदरसा तथा मठमा टावर लाइट जडान गरिएको छ। जिल्लाको राजपुर नगरपालिकामा प्रदेशसभा क्षेत्र नं. २ ‘क’ अन्तर्गत पर्ने दुई महत्त्वपूर्ण धार्मिक तथा सामुदायिक स्थलहरूमा उज्यालो सुविधा विस्तार गर्दै टावर लाइट जडान गरिएको छ। जनमत पार्टीका लोकप्रिय नेता तथा प्रदेशसभा सदस्य पदका प्रत्याशी मोहम्मद आलम उर्फ ‘बाबु साहेब’को पहलमा योजनालाई सफलतापूर्वक कार्यान्वयन गरिएको हो।
जडान गरिएको स्थानहरूमा राजपुर नगरपालिका ३ डमार टोल स्थित ‘जामिया इस्लामिया मदरसा’ र वडा नं. ९ को ‘रामजनकी मठ बैरिया’ रहेका छन्। लामो समयदेखि रातको समयमा अँध्यारो रहने र सुरक्षा चुनौती भोग्दै आएका स्थानीयवासीहरूका लागि टावर लाइट जडान निकै राहतदायी सावित भएको हो ।मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय, गौर द्वारा सञ्चालित उक्त योजनाको कार्यान्वयनसँगै दुवै स्थानमा उज्यालो फैलिएको हो ।
स्थानीयवासीहरू टावर लाइटको उद्घाटनसँगै उत्साहित देखिए। उनीहरूले यस कार्यको नेतृत्व लिएका नेता मोहम्मद आलमप्रति आभार व्यक्त गर्दै भने, “बाबु साहेब नै हाम्रो एकमात्र नेता हुनुहुन्छ जो सधैँ जनताको सेवा र आवश्यकता बुझेर काम गर्दछन् ।”
डमारटोलका एक स्थानीय बासिन्दाले भने, “वर्षौंदेखि रातको समयमा अँध्यारोमा बस्दै आएका थिए। टावर लाइटले हाम्रो क्षेत्र उज्यालो बनाएको छ। यस कार्यका लागि हामी नेता आलमप्रति अत्यन्त कृतज्ञ छौं।”
टावर लाइट उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेता मोहम्मद आलम रहेका थिए । कार्यक्रममा पर्यटन विकास कार्यालय, गौरका इन्जिनियर अमर नेपाल, वडा नं. ९ का वडा अध्यक्ष शेख नसुरु हक, जामिया इस्लामिया मदरसाका शेख सबुदर अली, रामजनकी मठका महन्थ, स्थानीय समाजसेवीहरू, बुद्धिजीवी, युवाहरू तथा दर्जनौँ नागरिकहरूको उपस्थिति रहेको थिए। कार्यक्रममा सम्बोधन गर्दै नेता मोहम्मद आलमले जनताको सेवा नै आफ्नो मूल मन्त्र रहेको स्पष्ट पार्दै ।
“जनताले पाएको सानो सुविधा पनि ठूलो खुशीको कारण बन्न सक्छ। तपाईँहरू सबैको साथ र विश्वासमा म निरन्तर सेवामा समर्पित रहने छु।”
उनले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र पूर्वाधार क्षेत्रमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए ।
Sthaniya News
