Breaking News
समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन

समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन

जनकपुरधाम,साउन ११ गते।
मधेशमा खडेरी पर्दा खानेपानी तथा सिँचाइको लागि पानीको चरम अभाव रहे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ।
पानीको अभावले प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै संघले जनकपुरधामको जनक चोकबाट विरोध प्रदर्शन सुरु गर्दै नगर परिक्रमा गरेको हो। उनीहरूले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र  जिल्ला प्रशासन कार्यालय धनुषामा छुट्टाछुटै ज्ञापनपत्रसमेत बुझाएका छन्।
जिल्ला प्रशासन कार्यालयमा चारबुँदे र मुख्यमन्त्री कार्यालयमा आठबुँदे ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष मदन साहले बताए। धनुषाको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत संघीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा संघीय सरकारले ल्याउन लागेको भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बिउको व्यवस्था गर्नुपर्ने, सुक्खाबाट बच्न र पानीको दीर्घकालीन योजना ल्याउनुपर्ने तथा किसान र कृषि क्षेत्रलाई समेट्ने गरी योजनाहरू ल्याउनुपर्ने माग गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नुपर्ने, मलखादको व्यवस्था गर्नुपर्ने, खानेपानी तथा सिँचाइको लागि तत्काल पानीको व्यवस्था गर्नुपर्नेलगायतका माग गरिएको छ। त्यसैगरी, प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा दुईवटा रेडबुक बनाएको विषयमा छानबिन गर्नुपर्ने मागसमेत अघि सारिएको छ।
प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड बोकेर ‘भ्रष्ट सरकार पानी दे, राहत प्याकेज घोषणा गर, किसान मार्न पाइँदैन, किसानविरोधी सरकार होसियार, चुरे दोहन बन्द गर, किसानविरोधी सरकार हाय–हाय, निकम्मा सरकार मुर्दावाद’लगायतको नाराबाजी गरेका थिए। साभार: नयाँ पत्रिका

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*