Breaking News
रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र

रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र

रौतहट, साउन ११ गते ।
रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। सानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
वासिएलका जिल्ला अध्यक्ष भुनेश्वर गुरोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटमा गएका वाइसिएलका नेता एवं कार्यकर्ताहरुले समयमा रासायनीक मलखाद्यको आपूर्ती नहुँदा किसानहरुको खेत बाँझो रहेको छ । सरकारले आपूर्ती गर्न नसक्दा किसानहरु विचौलियाको माध्यमबाट रासायनीक मलखाद्य किन्न बाध्य भएको हो ।
पहुँचको आधारमा पाउने रासायनीक मलखाद्यमा भईरहेको विभेदका कारण यहाँका किसानहरु पिल्सिदै गएको हुँदा समयमा सहज एवं सरल रुपमा मलखाद्य उपलब्ध गराउनुका लागि प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएको बताइएको छ । अहिले मलखाद्यको कालोबजारी गर्नेहरु चर्को मूल्य लिएर विक्री वितरण गर्दै आएको कार्यलाई अविलम्ब नियन्त्रण गरेर किसानको समस्या समाधन गर्नुपर्ने माग योंग कम्युनिष्ट लिग (वासिएल) का केन्द्रीय सदस्य रामाकान्त प्रसाद प्रसाद पटेलले गरेका हुन ।
प्रमख जिल्ला अधिकारी विनोदकुमार खड्काले किसानहरुको समस्यालाई दिएर वाइसिएलले ज्ञापन पत्र बुझाएको स्वीकार गरे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*