स्थानीय न्यूज
रौतहट, भदौ०२ गते।
रौतहटको गौर घटनाको अनुसन्धान गर्दै मुद्दा चलाउन सर्वोच्च अदालतले दिएको निर्देशनको बिरोधमा आज रौतहटको सदरमुकाम गौरमा टायर बालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ। २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको प्राङ्गणमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रबीच कार्यक्रम संचालनको विषयलाई लिएर झडप भएको थियो।
सो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा, एउटै स्थानमा अलग-अलग कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रम व्यवस्थापनमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणबाहिर गई हिंसात्मक झडपमा परिणत भएको थियो।

सर्वोच्च अदालतले यस घटनामा मुद्दा अघि बढाउन आदेश दिएपछि जनता समाजवादी पार्टी नेपालकाे कार्यकर्ताहरू द्वारा रौतहटको सदरमुकाम गौर स्थित घन्टा घर नजिक टायर बालेर विरोध प्रदर्शन गरिएको छ।
“के.पि ओलि को भ्रष्ट सरकार मुर्दबाद, ओलि सरकार को झोले न्यायधिश तिलप्रसाद श्रेस्ठ र नित्यानंद पाण्डे को इजलासले गरेको परमादेश खारेज गर । ओली सरकार समयमा सचेत होऊ नत्र मधेश लगायत देशैभरि ठुलो आन्दोलन हुनेछ, जसको जिम्मेवार यो भ्रष्ट सरकार हुनेछ।” भन्ने नारा सहित रौतहटको गौर मधेशक्रान्तीमा जसपा नेपालको नेता कार्यकर्ताहरुद्वारा टायर बाली प्रदर्शन गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला अध्यक्ष राजीव रंजन यादव उर्फ राजु यादवले घटनालाई उजागर गर्दै सामाजिक सञ्जालमा लेखेका छन- “यो घटना २०६३ चैत्र ७ गते को हो जहाँ तत्कालीन मधेशी जानअधिकार फोरम ले आफ्नो कार्यक्रम सीडीओ र एसपी संग अनुमति लियेर गरिरहेको दिन बलपुर्वक त्यहि ठाऊमा तत्कालिन माओबादी पार्टीको प्रभु साहले बिभिन्न प्रलोभन दिई धेरै जिल्लाहरू बाट माओबादि र डाकाहरु बोलाई हाम्रो कार्यक्रम माथी आक्रमण गराई विथोल्न खोज्दा जन आक्रोश बढेर त्यस्तो अप्रिय घटना घटेका हुन र त्यो कार्यक्रममा हाम्रो आदरणीय नेता मधेशको मसिहा उपेन्द्र यादवको उपस्थिति भयेको पनि थियेन। घटना स्थलमा उपस्थित समेत नरहेका व्यक्तिलाई जालझेलमा पार्नु कदापी उचित नरहेको भन्दै सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन। सरकारले यस्ता अनैतिक कार्य गर्दा मधेश लगायत देशैभरि पुनः ठुलो जन आन्दोलनको सुरुवात हुने तथा यसको सम्पूर्ण जिम्मेवारी ओली सरकारले लिनुपर्ने जिल्ला अध्यक्ष राजीव रंजन यादवले जनआक्रोश व्यक्त गरेका छन।

Sthaniya News
