ओम प्रकाश यादव
रौतहट, भदौ ४ गते।
विकास निर्माणको कार्यलाई तिब्रता दिएपछि प्रतिपक्षीहरु हतोत्साहित भएको कार्यबाहक मेयर खातूनले दाबी गरेकी छिन। रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफू नगरलाई विकास र सुशासनको दिशामा अगाडि बढाएपछि विकास विरोधी तत्वहरू आत्तिएको बताएकी छन् ।
बुधवार पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै कार्यवाहक मेयर खातुनले आफूले भ्रष्टाचारको मामिलामा शून्य सहनशीलता अपनाउँदै विकास निर्माण कार्यलाई तिब्रता दिएपछि हतोत्साहित भएका विकास विरोधीहरू आफू र पालिका बारे गलत, अनर्गल, भ्रमपूर्ण प्रचारबाजी गरिरहेको बताइन् ।
आफू नगरको जनताको हितलाई ध्यानमा राखी भ्रष्टाचार जन्य कार्यलाई रोक लगाउँदै सुशासन कायम गर्न थालेपछि सधैं नगरपालिकालाई लुटेर खान पल्केका, लुटखसोट मच्चाएका, भ्रष्टाचारीहरु अहिले भ्रष्टाचार गर्न नपाउँदा आत्तिएको कार्यवाहक नगर प्रमुख खातुनले बताइन् ।
आफूले निरन्तर सुशासन कायम राख्दै जनताको इच्छा, आकांक्षा र चाहना अनुसारको विकासका कामहरू अगाडि बढाएपछि नगरमा सुशासन तथा विकास हेर्न नचाहने शक्तिहरु आफूलाई जनताको नजरमा कमजोर बनाउने नियतले आफ्ना बारेमा गलत प्रचारबाजी गरिरहेको उनले बताइन् ।
आफ्ना बारेमा विकास विरोधीहरू अनर्गल प्रचारबाजी गरिरहेकोले उनीहरूको कुरामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरिन् ।
आफू जनताको हित र पक्षमा निरन्तर काम गरिरहेकाले केही विकास विरोधी तत्वले आफ्ना बारेमा बिना प्रमाण गलत झूठा प्रचार गर्दैमा आफूलाई कुनै फरक नपर्ने उनले बताइन् ।
आफू केही गर्न नसक्ने र अरूले गर्दा सहयोग गर्नुको सट्टा विरोधीहरूले आफ्ना बारेमा उल्टै अनर्गल भ्रमपूर्ण प्रचारबाजी गर्नु ठूलो विडम्बना रहेको उनको भनाई छ।
विकास र सुशासन हेर्न नचाहने शक्तिले आफूले गरेको कामहरूबाट आत्तिएर नगरपालिकाको काम कारबाही र आफू बारे गलत प्रचार गरी जनतालाई दिग्भ्रमित गर्न खोजेको उनले आरोप लगाइन् ।
कसैको दबाब प्रभावमा नपरी कानुनले दिएको अधिकार र नियम परिधिको भित्र रहेर निर्धक्का साथ जनताको काम छिटोछरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिइएको समेत उनले जनाइन् ।
स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले बिना कुनै झन्झट र बाधा अवरोध छिटोछरितो सेवा प्रवाह भईरहेकोले जनप्रतिनिधि र कर्मचारीको कामबाट यहाँका नागरिक निकै खुसी तथा सन्तुष्ट रहेको उनको ठम्याइ छ।
मेयर गोपाल प्रसाद यादव भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई निलम्बित भएपछि आफूले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेदेखि नगरमा थुप्रै ठोस विकास निर्माणका कामहरु भएको समेत उनले बताइन् ।
नगरको विभिन्न ठाउँमा गरी २० किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको, ठाउँ ठाउँमा सडक ढलान, नाला निर्माण, कृषि सडक निर्माण, विद्यालय, मठ, मन्दिरको भवन निर्माण, विभिन्न कार्यालयको पूर्वाधार निर्माण लगायतका कार्यहरु सम्पन्न भएको उनले बताइन् ।
त्यस्तै कृषि तर्फ स्यालो ट्युब्बेल जडान, विद्युतीकरण, सहज रुपमा मलखादको उपलब्धता, सिंचाईको व्यवस्था आदि कार्य गरिएकोले किसानलाई खेती गर्न निकै सहज भएको उनले बताइन् ।
आफूले यसरी एकपछि अर्को जनमुखी कार्यहरू गर्दै जनताको मन जित्न सफल भएको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको दाबी छ।
<span;>नगरलाई विकसित र समृद्ध बनाउने योजनाका साथ आफू अगाडि बढिरहेकोले नगरको हित सोच्ने सबैलाई आफूलाई साथ दिन उनले आग्रह गरिन।साभार: मधेश टुडे
Sthaniya News
