आरएन पटेल
रौतहट, भदौ ५ गते।
मध्य रौतहटको गरुडामा अवस्थित श्री नमूना मा वि गरुडाका नव नियुक्त विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नव गठित समितिका अध्यक्ष संतोष कुमार साहको अध्यक्षतामा बिहीबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजन गरि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमणी प्रसाद जयसवालद्वारा श्री नमूना मा वि गरुडाको उक्त विव्यसको पदाधिकारीहरुको शपथ ग्रहण सँगै सम्मान गरिएको हो।

श्री नमूना माध्यमिक विद्यालय गरुडामा व्यसको अभावले भइरहेको विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै नगरपालिकाले छौ महिने अस्थायी कार्यकाल रहने गरि केहि दिन अगाडी उक्त विव्यस गठनको गरेको थियो।

नव गठित विव्यसको अध्यक्षमा संतोष कुमार साह, सदस्य संतोष कुमार चौधरी, दिलीप कुमार पटेल, उर्मिला देवी चौधरी, उपनेतिया देवी, शिला देवी राम, वडा प्रतिनिधि सदस्य रामएकवाल साह बनिया, शिक्षक प्रतिनिधि सदस्य उपेन्द्र चौधरी तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेल रहेका छन।

शपथ ग्रहण तथा सम्मान कार्यक्रममा नगर प्रमुख जयसवालले अध्यक्ष साहलाई विधिवत रुपमा शपथ ग्रहण गराएका छन भने अध्यक्ष साहले क्रमश नव गठित सम्पूर्ण सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन। कार्यक्रममा नव गठित समितिका सम्पूर्ण पदाधिकारिहरुलाई नगर प्रमुख जयसवालले टिका, माला र गमछा लगाई सम्मानपत्र सम्मानित गरेका हुन।साथै नव गठित विव्यसका सम्पूर्ण पदाधिकारिहरुलाई अग्रिम कार्यकाल सफलताको सँगै उत्तरोत्तर प्रगतिको कामना गर्दै समितिले जनअपेक्षा अनुरूप कार्य गर्ने तथा विद्यालयलाई थप सुधारोन्मुख तर्फ पुर्याउने नगर प्रमुख जयसवालले विश्वास व्यक्त गरेका छन।

Sthaniya News
