Breaking News
प्रहरी हेडक्वार्टरको सर्कुलर, जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन आदेश

प्रहरी हेडक्वार्टरको सर्कुलर, जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन आदेश

काठमाडौं, चैत १३ गते २०८२।
नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो । उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।
यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।
उक्त छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए । साभार: अनलाइनखबर

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*