Breaking News
रौतहटमा जनमत पार्टीको सात सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन

रौतहटमा जनमत पार्टीको सात सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन

रौतहट, चैत १४ गते।
रौतहट जिल्लामा जनमत पार्टीको जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मध्य रौतहटको गरुडा बजार स्थित आशीर्वाद गेष्ट हाउसको सभा हलमा आयोजित एक कार्यक्रममा सात सदस्यीय समिति चयन गरिएको हो।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा जिल्ला पर्यवेक्षक डा. सुबन्त कुमार कुशवाहाले नवगठित समितिका पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले पार्टी संगठनलाई बलियो बनाउँदै जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गर्नुभयो।


नवगठित तदर्थ समितिको अध्यक्षमा रामकल्याण राउत चयन हुनुभएको छ। त्यसैगरी महिला उपाध्यक्षमा बन्दना ठाकुर पण्डित, उपाध्यक्षमा रामाशंकर रजक र डा. कुमार रणवीर सिंह चयन हुनुभएको छ। सचिव पदमा विवेकानन्द साह, सहसचिवमा मनोज साह तथा कोषाध्यक्षमा विजय प्रसाद पटेल चयन हुनुभएको छ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। नवगठित समितिले संगठन विस्तार, जनपरिचालन तथा जिल्लामा पार्टीको गतिविधि सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*