Breaking News
पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?

पेट्रोल डिजलको मूल्यमा ऐतिहासिक वृद्धि, तत्कालको दररेट कति ?

स्थानियन्यूज, रौतहट, चैत १९ गते।

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब पहिलो वर्ग अन्तर्गतः चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल प्रतिलिटर १९९.५० रुपैयाँ र डिजेल, मट्टितेल १७९.५० रुपैयाँ पुगेको छ भने दोस्रो वर्ग अन्तर्गतः सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर २०१ रुपैयाँ र डिजेल, मट्टितेल १८१ रुपैयाँ पुगेको छ । त्यस्तै तेस्रो वर्ग अन्तर्गत पोखरा, दिपायल र काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल , मट्टितेल १८२ रुपैयाँ पुगेको छ । निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दा पाक्षिक रुपमा करिब १३ अर्ब २१ करोड घाटा भएको जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*