Breaking News
गुजराकी उप प्रमुख खातुनद्वारा खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण

गुजराकी उप प्रमुख खातुनद्वारा खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण

आरएन पटेल । रौतहट । माघ २७ गते
गुजरा नगरपालिकाकी नगर उप प्रमुख रौशन ख़ातूनले खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण गरेकी छिन ।
नगरपालिकाको वडा नं। ६ खतवहिया स्थित एक क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई क्रिकेट सामग्री बितरण गरिएको छ । उप प्रमुख ख़ातूनले आफ्नो बिकास कोषबाट टिमका सम्पूर्ण खेलाडीहरुलाई ड्यूज बल ले खेल्ने सामग्रीहरु वितरण गरेकी छिन ।


वितरण गरिएको सामग्रीहरुमा बैट,ड्यूज बल,विकेट,पैड, ग्लब्स,हेलमेट तथा क्रिकेटसंग सम्बन्धित विभिन्न सामग्री रहेका थिए । सामग्री वितरणको यस अवसरमा युवा नेता बदरुदीन अरमान भाई,शेख कमालुदीन,शेख सलाम,शेख मुनैद,स्थानीय भद्र भलादमी,नेता कार्यकर्ता, सर्व साधारण तथा स्थानीय बासीहरुको उपस्थिति रहेका थिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*