Breaking News
श्री बाबा बैजुनाथ चिनिमिल बन्द हुने सूचना: उखु किसानलाई समयमै उखु बुझाउन आग्रह

श्री बाबा बैजुनाथ चिनिमिल बन्द हुने सूचना: उखु किसानलाई समयमै उखु बुझाउन आग्रह

रौतहट, बैशाख ०७ गते।
रौतहटको कटाहरिया नगरपालिका अन्तर्गत डुमरिया स्थित सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रा.लि. ले चालु क्रसिङ सिजन २०८२/०८३ अन्तर्गत उखु क्रसिङ कार्य यही बैशाख ७ गते (सोमबार) देखि बन्द गर्ने भएको छ। मिलले आइतबार दोस्रो पटक सूचना प्रकाशित गर्दै जिल्लाभरका उखु किसानहरूलाई समयमै उखु ल्याई क्रसिङ गरिसक्न आग्रह गरेको हो।
मिलका उखु महाप्रबन्धक के.डी. प्रसादको हस्ताक्षर सहित जारी सूचनामा हालका लागि उखु ल्याउने पुर्जी निःशुल्क गरिएको जानकारी दिँदै सबै किसानलाई ढिलाइ नगरी आफ्नो उखु मिलमा ल्याउन भनिएको छ। तोकिएको समयभित्र उखु नल्याई बाँकी रहेमा त्यसको जिम्मेवारी सम्बन्धित किसान स्वयंले लिनुपर्ने स्पष्ट पारिएको छ।
मिल प्रशासनले किसानको सुविधा र समय व्यवस्थापनलाई ध्यानमा राख्दै पटक–पटक सूचना जारी गरेको जनाउँदै, बाँकी उखु छिटोभन्दा छिटो क्रसिङका लागि ल्याउन अनुरोध गरेको छ। यस सूचनाले रौतहटका हजारौं उखु किसानलाई प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*