स्थानियन्यूज, रौतहट, बैशाख ०५ गते ।
राजपुर नगरपालिकामा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगर प्रमुख डा. राजिक आलम ले वडा नम्बर-४ मा महत्वपूर्ण सडक ढलान योजनाको शिलान्यास गरेका छन्।
राजपुर नगरपालिका–४ निवासी शेख मेराजुल रहमानको घरदेखि जोबैर चौकसम्म ढलान कार्यको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा वडा नम्बर–४ का अध्यक्ष शेख अनसारूल हक सहित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
नगर प्रमुख आलमले स्थानीयवासीलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने तथा क्षेत्रको पूर्वाधार सुदृढीकरण गर्ने उद्देश्यले योजना अघि बढाइएको बताए। उनले यस्ता विकास निर्माणका कार्यले नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन।

स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको सडक ढलान योजना सुरु भएसँगै दैनिक आवतजावतमा सहजता आउने र वर्षायाममा हुने समस्या समेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

Sthaniya News
