स्थानियन्यूज,रौतहट, वैशाख ०४ गते।
सशस्त्र प्रहरी बल नेपाल ले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै ठूलो परिमाणमा अवैध गतिविधि नियन्त्रणमा लिएको छ।
सीमा गस्ती टोलीले राजदेवी नगरपालिका-८ सोफियामाई क्षेत्रबाट श्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख २२ हजार ४९० सहित दुई जनालाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको BR06A ६२९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको जनाइएको छ।

प्रहरीका अनुसार भारतको सितामढी निवासी नजिर नटबाट ३ लाख २२ हजार र सर्लाही निवासी मुम्ताज अंसारीबाट २ लाख ४ सय ९० रुपैयाँ बरामद गरिएको हो। रकमको श्रोत खुलाउन नसकेपछि उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप कारबाहीका लागि भन्सार कार्यालय गौर मा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सागर बिष्ट ले जानकारी दिए।
यसैदिन सशस्त्र प्रहरीको अर्को टोलीले गौर–१ कानुपट्टी र परोहा नगरपालिका–८ नरकटिया क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ५४ वटा (१८६ केजी) ब्रोइलर कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको छ।
स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमीहरूको उपस्थितिमा कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो समय सीमा क्षेत्रमा अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले निगरानी अझ कडा बनाएको छ।

Sthaniya News
