Breaking News
कटहरियाको बगहीमा अज्ञात समुहद्वारा काँचो बालिमा क्षति पर्याउदा किसानहरु चिन्तित

कटहरियाको बगहीमा अज्ञात समुहद्वारा काँचो बालिमा क्षति पर्याउदा किसानहरु चिन्तित

आरएन पटेल । रौतहट । फागुन ११ गते
कटहरियाको बगहीमा अज्ञात समुहद्वारा काँचो बालिमा क्षति पर्याउदा किसानहरु चिन्तित बनेका छन । जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर ७ बगहीमा अज्ञात समुहद्वारा छुट्टा छूटै तीन जना किसानको बालिमा क्षति पुरयाईएको हो ।


क्षति पुर्याउने त्यस समूहले स्थानीय बगही निवासी मोबारक मियाको करिब ५ धुर जगगको काचो गहु बाली उखेलेका,किताब मिया धोबीले लगाएको आँपको बोटहरु भाँची दिएको तथा सोही ठाउँ बस्ने मोहम्मद सफी आलमको मकै , मसूरी तथा बंगला उखेलेको तथा त्यही ठाउँमा रहेको बोर्डिंग स्कुलको टाल्हि समेत फोडेको हुँदा स्थानीयहरुले दुख व्यक्त गरेका छन । घटना पश्चात प्रहरीलाई खबर गरेपछि तुरुन्तै ईप्रका शिवनगरबाट प्रहरी टोली आई घटनाको मुचुल्का समेत उठाएका छन ।


बगहीका स्थानीय बासिन्दाहरुको भनाई अनुसार केहि दिनदेखि स साना बालबालिका लगायतका एक समूहले बेलुकाको समयमा एक ठाउँमा बसेर रक्सी खाने गरेका र रक्सी खाएको स्थानमा क्षति पुर्याउदै आएको देखिएका छन । समयमा यस्ता विनाशकारी घटना घटाने माथि कार्यवाही नभए किसानहरुले आउदो दिनहरुमा थप समस्या झेल्नु पर्ने एक किसानले दुख व्यक्त गरे । त्यस्ता अपराधी क्रियाकलापमा संलग्न हुने जो कोहीलाई कड़ा भन्दा कड़ा सजाय हुनुपर्ने त्याहाका स्थानीय किसानहरुले प्रहरीलाई अनुरोध गरेका छन ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*