Breaking News
क्षेत्रको कायापलट गर्ने प्रतिबद्धतासहित आफू निर्वाचनमा होमिएको:नेकपाकी उम्मेदवार पूनम यादव

क्षेत्रको कायापलट गर्ने प्रतिबद्धतासहित आफू निर्वाचनमा होमिएको:नेकपाकी उम्मेदवार पूनम यादव

स्थानीय न्यूज,रौतहट, फागुन ०५ गते।
रौतहट निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गरुडा नगरपालिकाका अमरपट्टी, लक्ष्मीपुर र पोठियाहीमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार पूनम यादवले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन।

कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै ग्रामीण भेगका आमनागरिकले भोगिरहेका विभिन्न समस्याबारे छलफल तथा अन्तरक्रिया गरिन्। भेटघाटका क्रममा स्थानीयवासीहरूले वर्षौंदेखि विकास निर्माणका कार्यबाट आफूहरू वञ्चित रहेको गुनासो व्यक्त गर्दै आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सडक व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखेका थिए।
उम्मेदवार यादवले गाउँ-टोलदेखि समग्र निर्वाचन क्षेत्रको विकासका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउँदै यस क्षेत्रको कायापलट गर्ने प्रतिबद्धतासहित आफू निर्वाचनमा होमिएको स्पष्ट पारिन। विगतमा विभिन्न झूटा आश्वासन दिएर पटक-पटक निर्वाचित भएका जनप्रतिनिधिहरूले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै उनले यसपटक सचेत भई मतदान गर्न आग्रह गरिन।


उनले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा छापमा मतदान गरी अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरिन।
गरुडा नगरपालिका अन्तर्गतका विभिन्न टोलमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बासिन्दाको भव्य सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*