स्थानीय न्यूज,रौतहट,फागुन ०४ गते।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार योगेन्द्र राय यादवको पक्षमा जनलहर उर्लिएको छ।
दुर्गाभगवती गाउँपालिका वडा नं. १ पिपरा बजारमा आयोजित कोणसभामा उल्लेखनीय जनसहभागिता देखिएको हो। मतदाता भेटघाट, घरदैलो तथा कोणसभा कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थितिले क्षेत्र नै छातामय बनेको दृश्य देखिएको थियो।

कार्यक्रममा जसपा नेपालका नेता रामकिशोर यादव, बाबुलाल साह, अनिल सिंह, श्रीमन नारायण मिश्र, किरण ठाकुर, शोभा साह, श्याम बिहारी राय, अमरुल हक, परवेज आलम, हरिनारायण यादव, दिलीप यादव, चन्दन सिंह, अमरनाथ पाण्डे, संजीव यादव, असर्फी यादव, देवेन्द्र यादव र प्रमोद साहलगायतको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मधेश र रौतहटको पहिचान, अधिकार र समृद्धिका लागि आफू सशक्त आवाज बन्ने दाबी गर्नुभयो।

नेताहरूले पनि मतदातालाई छाता चुनाव चिह्नमा मतदान गरी योगेन्द्र राय यादवलाई विजयी गराउन आग्रह गरेका थिए। कार्यक्रम उत्साहपूर्ण नाराबाजी र जनसमर्थनका बीच सम्पन्न भएको थियो।

Sthaniya News
