Breaking News
रौतहट-३ मा परिवर्तनको लहर,गुजरा-५ मा गोविन्द चौधरीको घरदैलोमा उत्साहपूर्ण सहभागिता

रौतहट-३ मा परिवर्तनको लहर,गुजरा-५ मा गोविन्द चौधरीको घरदैलोमा उत्साहपूर्ण सहभागिता

आरएन पटेल,रौतहट,फागुन ०५ गते।
रौतहट निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका-५ का लक्ष्मीपुर, इस्लामपुर र हरिहरपुरमा जसपा नेपालको पक्षमा जनसमर्थन उर्लिएको छ।
जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार गोविन्द चौधरीको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले आत्मीय स्वागत तथा उल्लेखनीय सहभागिता जनाएका छन। कार्यक्रमका क्रममा देखिएको जनउत्साहले क्षेत्र नं. ३ मा परिवर्तनको स्पष्ट संकेत दिएको समर्थकहरूको दाबी छ।


घरदैलो कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रदेश सभा सदस्य शेख अब्दुल कलाम आजाद (फुलबाबु) ले मुस्लिम, दलित, आदिवासी जनजाति, थारू तथा समग्र पिछडिएको वर्गको अधिकार सुनिश्चित गर्न जसपा नेपाल नै एकमात्र विकल्प भएको बताए। उनले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा छाता छापमा मतदान गर्न सम्पूर्ण क्षेत्र नं ३ बासीहरूमा अपिल गरेका छन।


त्यस्तै, जसपा नेपाल रौतहटका पूर्व जिल्ला अध्यक्ष श्यामबिहारी राय यादवले गुजरा-५ मा देखिएको जनसहभागिताले उम्मेदवार चौधरीको जित सुनिश्चित हुने संकेत दिएको उल्लेख गरेका छन।
कार्यक्रममा सहभागी जसपा नेपालका युवा नेता पुनीत रामले अब परिवर्तनको समय आएको बताउँदै फाल्गुन २१ गते छाता छापमा मतदान गरी रौतहट-३ मा विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्न आग्रह गरे।


गुजरा नगरपालिका-५ का विभिन्न टोलमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सर्वसाधारणको भव्य उपस्थिति रहेको जसपा नेपाल क्षेत्र नं. ३ को जननिर्वाचन परिचालन समितिका संयोजक रामप्रवेश दासले जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*