Breaking News
रौतहट-२ मा जसपा नेपालका उम्मेदवार रामआशिष यादवको बौधिमाईमा घरदैलो अभियान

रौतहट-२ मा जसपा नेपालका उम्मेदवार रामआशिष यादवको बौधिमाईमा घरदैलो अभियान

आरएन पटेल, रौतहट, फागुन ०५ गते।
जनता समाजवादी पार्टी नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामआशिष राय यादवले चुनावी अभियानलाई तीव्रता दिँदै बौधिमाई नगरपालिकाको सरमुजमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा, विकास योजना तथा क्षेत्रीय आवश्यकताबारे जानकारी गराएका थिए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष तथा बौधिमाई नगरपालिकाका पूर्व नगर प्रमुख राजीव रंजन यादव, युवा नेता विवेक कुमार यादव, मोतिम हासमी, डोटीम रौतहट जिल्ला संयोजक काशीराम पासवान लगायत सयौं नेता-कार्यकर्ताहरूको भव्य उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले उम्मेदवार यादवलाई स्वागत गर्दै आफ्नो समस्या र अपेक्षाहरू राखेका थिए। कार्यक्रमका सहभागीहरूले आसन्न निर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन।
चुनावी माहोल नजिकिँदै जाँदा रौतहट क्षेत्र नं. २ मा राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको देखिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*