Breaking News
बौधिमाई-२ इनर्वामा जसपा उम्मेदवार रामअशिष यादवको आत्मीय भेटघाट तथा घरदैलो सम्पन्न

बौधिमाई-२ इनर्वामा जसपा उम्मेदवार रामअशिष यादवको आत्मीय भेटघाट तथा घरदैलो सम्पन्न

आरएन पटेल, रौतहट, फागुन ०७ गते।

रौतहट क्षेत्र नं. २ को बौधिमाई नगरपालिका-२ इनर्वामा बिहीबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा युवा नेता दिलीप कुमार पटेलको नेतृत्वमा बौधिमाईको वडा नं. २ इनर्वामा मतदाताहरुसँग आत्मीय भेटघाट तथा छाता छापमा मतदान गर्न उम्मेदवार रामअशिष राय यादवले अपिल गरेका छन।
जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी अभियान अन्तर्गत उम्मेदवार यादवले घरघरमा पुगेर मतदातासँग आत्मीय संवाद गर्नुभएको थियो। उहाँले यसपालि वास्तविक परिवर्तन, विकास र समृद्धिका लागि छाता छापमा मतदान गर्न आग्रह गर्नुभयो। “जनताको हक-अधिकार सुनिश्चित गर्न र क्षेत्रको समग्र विकासका लागि जसपा नेपाललाई विजयी गराउनु आवश्यक छ,” उहाँले बताउनुभयो।
कार्यक्रममा बौधिमाई नगरपालिकाका पूर्व नगर प्रमुख तथा जसपा नेपालका जिल्ला अध्यक्ष राजीव रंजन यादव लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय बासिन्दाहरूले पनि उत्साहपूर्वक स्वागत गर्दै यसपटक छाता छापलाई विजयी गराउने प्रतिक्रिया दिएका थिए।
घरदैलो अभियानले बौधिमाई नपा-२ इनर्वामा जसपा नेपालको जनसमर्थन थप सुदृढ बन्दै गएको संकेत दिएको स्थानीय नेताहरूको भनाइ छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*