Breaking News
रौतहट-३ मा परिवर्तनको सन्देश : सन्तपुरमा गोविन्द चौधरीको भव्य घरदैलो

रौतहट-३ मा परिवर्तनको सन्देश : सन्तपुरमा गोविन्द चौधरीको भव्य घरदैलो

स्थानीय न्यूज,रौतहट, फागुन ०६ गते।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोविन्द चौधरी ले फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट रौतहट क्षेत्र नं. ३ का उम्मेदवार चौधरीले घर-घर पुगेर मतदातासँग आत्मीय संवाद गर्नुभएको हो।
कार्यक्रमका क्रममा उहाँले विकास, समृद्धि र जनताको हक–अधिकार सुनिश्चित गर्न यसपटक “वास्तविक परिवर्तन” आवश्यक रहेको उल्लेख गर्दै छाता छापमा मतदान गर्न अपिल गर्नुभयो। “अब समय आएको छ-परिवर्तनका लागि जसपा नेपाललाई मतदान गरौँ,” उहाँले भन्नुभयो।
मतदातासँगको भेटघाटमा स्थानीय समस्याबारे छलफल गर्दै चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा सहभागी मतदाताहरूले पनि यसपटक छाता छापप्रति सकारात्मक माहोल रहेको प्रतिक्रिया दिएका थिए।
घरदैलो कार्यक्रममा पूर्व प्रदेश सांसद रामकिशोर यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेताहरूले टोल-टोलमा पुगेर मतदातालाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेका थिए।
जसपा नेपालका उम्मेदवार चौधरीले रौतहट-३ मा परिवर्तनको लहर देखिएको दाबी गर्दै आगामी निर्वाचनमा जनताको समर्थन आफ्नो पक्षमा रहने विश्वास व्यक्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*