Breaking News
बलुआ टोलमा चौधरीको चुनावी भेटघाट, मतदाताले जित सुनिश्चित गर्ने दाबी

बलुआ टोलमा चौधरीको चुनावी भेटघाट, मतदाताले जित सुनिश्चित गर्ने दाबी

आरएन पटेल,राैतहट, फागुन ०९ गते ।
राैतहट क्षेत्र नम्बर ३ बाट गोविन्द चौधरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार (छाताछाप) ले कटहरिया नगरपालिका वडा नम्बर ८ बलुआ टोलमा चुनाव विशेष प्रचारप्रसार अन्तर्गत घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।
घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनाव चिन्ह छाताछापमा मतदान गरी जिताउन आग्रह गरेका छन । उनले क्षेत्रको विकास, रोजगारी, शिक्षा तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।


भेटघाटका क्रममा बलुआ टोलका मतदाताहरूले यसपटक चौधरीलाई जिताउने योजना बनाएको प्रतिक्रिया दिएका छन् । स्थानीयहरूले “अन्य व्यक्तिलाई बलुआवासीले मुखले जवाफ दिइसकेका छौं, अब बैलेटबाट जवाफ दिनेछौं र छाताछापलाई जिताउनेछौं” भन्दै समर्थन जनाएका छन ।
चुनावी माहोल तातेसँगै रौतहट–३ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बन्दै गएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*