Breaking News
आमछापदेखि छाताछापसम्म चौधरीको यात्रा, कटहरियामा जनसमर्थन बढ्दो

आमछापदेखि छाताछापसम्म चौधरीको यात्रा, कटहरियामा जनसमर्थन बढ्दो

आरएन पटेल,राैतहट, फागुन १३ गते ।
राैतहट क्षेत्र नम्बर ३ बाट जसपा नेपाल प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले कटहरिया नगरपालिका वडा नम्बर ३ अन्तर्गत बिर्तिप्रष्टाेका र बडेडवामा चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा बिर्तिप्रष्टाेका पुगेका चौधरीलाई स्थानीय बासिन्दाले फुलमाला तथा मधेसको पहिचान मानिने गमछा ओढाएर सम्मान तथा भव्य स्वागत गरेका थिए ।
घरदैलोकाे क्रममा गाउँमा मतदाताहरूले “आमछाप जिन्दावाद” नारा लगाएका थिए ।
२०४८ सालमा आमछाप स्वतन्त्र उम्मेदवारका रूपमा यही क्षेत्रबाट विजय हासिल गरेको स्मरण गराउँदै मतदाताले पुराना दिनको चर्चा गरेका थिए । जवाफमा चौधरीले मतदाताको मायाप्रति आभार व्यक्त गर्दै पहिले आमछापबाट जितेको भए पनि यसपालि जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाताछापमा मतदान गरी विकास र परिवर्तनको यात्रामा साथ दिन आग्रह गरेका थिए ।
कार्यक्रममा स्थानीय नेता-कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलो अभियानका क्रममा चौधरीले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा र आधारभूत सेवामा सुधार आफ्नो प्राथमिकता रहेको बताउँदै मतदातासँग समर्थन मागेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*