Breaking News
रौतहट-३ मा नेकपा उम्मेदवार पूनम यादवको अभियानमा एमाले नेता चौधरीको पार्टी प्रवेश

रौतहट-३ मा नेकपा उम्मेदवार पूनम यादवको अभियानमा एमाले नेता चौधरीको पार्टी प्रवेश

स्थानीय न्यूज,रौतहट,फाल्गुन १३ गते।

प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रौतहट क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार पूनम यादवको चुनावी अभियान तीव्र बन्दै गएको छ। यसैक्रममा फतुवा विजयपुर नगरपालिका-९ का प्रत्यासी सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन।


चौधरीलाई उम्मेदवार पूनम यादवले टिका तथा खादा लगाएर विधिवत रुपमा पार्टी प्रवेश गराएकी हुन्। चुनावी प्रचार-प्रसार अन्तर्गत आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सयौं नेता-कार्यकर्ताको उपस्थितिमा उनलाई भव्य स्वागत गरिएको छ।
कार्यक्रममा उम्मेदवार यादवले क्षेत्रको विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न सबै शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै चौधरीको प्रवेशले पार्टी थप मजबुत भएको बताइन्। युवा नेता बिन्देश्वर यादवले पनि पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी गरेका छन।
पार्टी प्रवेशपछि बोल्दै सुरेन्द्र प्रसाद चौधरीले क्षेत्रको समग्र विकास र जनताको हितका लागि आफूले नेकपा रोजेको स्पष्ट पार्दै पूनम यादवको नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
रौतहट-३ मा चुनावी सरगर्मी बढिरहेका बेला नेताहरूको पार्टी प्रवेश र घरदैलो अभियानले राजनीतिक माहोल थप तातिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*