Breaking News
दयालपुर पुगेर गोविन्द चौधरीको चुनावी अभियान तीव्र, घरदैलो जारी

दयालपुर पुगेर गोविन्द चौधरीको चुनावी अभियान तीव्र, घरदैलो जारी

आरएन पटेल, रौतहट, फागुन १४ गते।
रौतहट निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। यसैक्रममा गोविन्द चौधरी बिहीबार बिहानै दयालपुर पुगेर विशेष घरदैलो कार्यक्रममा सक्रिय रहनुभएको छ।
घरदैलो अभियानका क्रममा उहाँले टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासा, सुझाव र अपेक्षा सुन्नुभएको छ। स्थानीयबासीको भव्य सहभागिताले कार्यक्रम थप उत्साहजनक बनेको बताइएको छ।
जनता समाजवादी पार्टी नेपाल का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चौधरीले समृद्धि, विकास र स्थायित्वका लागि आफ्नो चुनाव चिन्ह छाता छापमा मतदान गरी विजय गराउन हार्दिक अपिल गर्नुभएको छ।
दयालपुरबासीले पनि यसपटक परिवर्तन र विकासको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै “यसपालि छाताको जीत सुनिश्चित छ” भन्ने विश्वास व्यक्त गरेका छन।
चुनावी माहोलसँगै रौतहट-३ मा राजनीतिक गतिविधि झन् तीव्र बन्दै गएको  छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*