स्थानीय न्यूज,रौतहट,फागुन १४ गते।
रौतहट निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीकी प्रतिनिधि सभा सदस्य उम्मेदवार पूनम यादवको चुनावी प्रचार-प्रसार तीव्र बनेको छ। फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा आयोजित जनता भेटघाट, घरदैलो तथा कोण सभा कार्यक्रम उत्साहजनक सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रम अन्तर्गत उम्मेदवार यादवले घरदैलो गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेकी छिन। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन। “जनताको विश्वास र साथ नै हाम्रो शक्ति हो, रौतहट-३ को समग्र विकासका लागि म प्रतिबद्ध छु,” उनले भनिन।

कोण सभालाई मानव अधिकारकर्मी मुस्कान खातुन तथा पार्टीका नेता डा. वंशीधर मिश्राले समेत सम्बोधन गर्दै उम्मेदवार यादवलाई विजयी गराउन आह्वान गरेका छन। वक्ताहरूले समावेशी विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन।
कार्यक्रममा पार्टीका नेता-कार्यकर्ता, सर्वसाधारण तथा आम मतदाताहरूको भव्य उपस्थिति रहेको थियो। सहभागीहरूले परिवर्तन र विकासको पक्षमा एकजुट हुने प्रतिबद्धता जनाएका थिए। नेपाली कम्युनिस्ट पार्टीले रौतहट-३ मा आफ्नो जित सुनिश्चित गर्न घरदैलो, टोलसभा तथा कोण सभा जस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।

Sthaniya News
