आरएन पटेल,रौतहट,फागुन १४ गते।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल तात्दै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी अभियानले गति लिएको छ। मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताले रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गर्दै केन्द्र-प्रदेश समन्वयलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन।

देवाही गोनाही नगरपालिकाको वडा नाम5. ९ धरहरीमा बिहीबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै मन्त्री गुप्ताले चौधरी आफ्नो राजनीतिक मार्गदर्शक रहेको उल्लेख गरेका छन। उनले विकास र समृद्धिप्रति सदैव चिन्तित रहने नेतृत्वका रूपमा चौधरीको प्रशंसा गर्दै रौतहट-३ मा जसपा नेपालप्रति जनताको अपार समर्थन देखिएको बताए।

मन्त्री गुप्ताले जसपा नेपालको नीति, विचार र दूरदर्शितालाई कार्यान्वयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव लाई प्रधानमन्त्री बनाउन तथा गोविन्द चौधरीलाई संघीय सरकारमा प्रभावशाली भूमिकामा पुर्याउन जसपा नेपालको चुनाव चिन्ह “छाता छाप” मा मतदान गर्न अपिल गरेका छन। उनले संघीयता, समानुपातिक समावेशी व्यवस्था तथा अधिकार संरक्षणका लागि जसपा नेपाललाई बलियो बनाउनु पर्ने आवश्यक रहेको धारणा व्यक्त गरेका छन।
रौतहटमा आफूले इन्चार्जको रूपमा काम गरेको स्मरण गर्दै मन्त्री गुप्ताले यहाँका जनता आफ्ना लागि आदरणीय रहेको बताए। उनले केन्द्र र प्रदेशबीच समन्वय सुदृढ गरी पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा क्षेत्रीय समृद्धिका योजना अघि बढाउन चौधरीको विजय अपरिहार्य रहेको दाबी गरे।
सभामा पूर्व प्रदेश सांसद रामकिशोर यादव, प्रदेश सांसद शोभा साह, केन्द्रीय सदस्य चुल्हाई राय यादव तथा महिला नेतृ किरण ठाकुर लगायत स्थानीय नेता-कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो। कार्यक्रममा उत्साहजनक सहभागिता सहित सम्पन्न भएको आयोजकले जनाएको छ।


Sthaniya News
