Breaking News
खतबहिया, बेदौली र जयराजपुरमा छाताछापको पक्षमा उत्साहजनक जनलहर

खतबहिया, बेदौली र जयराजपुरमा छाताछापको पक्षमा उत्साहजनक जनलहर

आरएन पटेल,राैतहट,१५ गते फाल्गुन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल थप तातेको छ । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरी (छाताछाप) ले शुक्रबार गुजरा नगरपालिका वडा नम्बर ६ अन्तर्गत खतबहिया, बेदौली र जयराजपुरमा चुनावी विशेष घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा चौधरी टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । उनलाई स्वागत गर्न स्थानीय बासिन्दाहरू उत्साहपूर्वक घरबाट बाहिर निस्किएका थिए भने फुलमाला, अबिर तथा शुभकामनासहित स्वागत गरेका थिए । कार्यक्रमस्थलमा विजयी उत्सव झल्किने वातावरण देखिएको सहभागीहरूले बताएका छन् ।
घरदैलो अभियानमा प्रदेश सांसद तथा पूर्व मन्त्री अबुल कलाम आजाद फुलबाबु, पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादव लगायत विभिन्न नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो अवसरमा चौधरीले मतदातासँग विकास, सुशासन र जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो चुनाव चिन्ह छाताछापमा मतदान गर्न आग्रह गरेका थिए । स्थानीय मतदाताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तनको अपेक्षा रहेको बताएका छन् ।
रौतहट–३ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहे पनि पछिल्लो समय चाैधरीकाे घरदैलो कार्यक्रमहरूमा देखिएको सक्रियता र जनसहभागिताले चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिन्छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*