आरएन पटेल,रौतहट,फागुन १६ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नं. २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामआशिष यादवको घरदैलो कार्यक्रममा बौधिमाई नगरपालिका-५ कोपवामा उम्मेदवार रामआशिष यादव र पूर्व नगर प्रमुख राजिव रन्जन यादवलाई घरदैलोको क्रममा भव्य स्वागत गरिएको छ।

युवा नेता विवेक कुमार यादवको कोपवा स्थित निवासमा आयोजित स्वागत कार्यक्रममा उम्मेदवार रामआशिष यादव, पूर्व नगर प्रमुख राजिव रन्जन यादव तथा युवा नेता दिलीप कुमार पटेललाई नेता यादवले माला र गम्छा ओढाएर सम्मान गरेका हुन। कार्यक्रममा भव्य संख्यामा स्थानीय नेता-कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।

घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य र युवालाई रोजगारी सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको बताए। उनले बौधिमाई नगरपालिका क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन।
पूर्व नगर प्रमुख राजिव रन्जन यादवले पनि जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको भन्दै आगामी निर्वाचनमा जसपा नेपालको पक्षमा समर्थन गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन।

कोपवामा भएको उक्त घरदैलो कार्यक्रमले निर्वाचन क्षेत्रभित्र जसपा नेपालको जनआधार बलियो बन्दै गएको संकेत गरेको स्थानीय मतदाताहरुको भनाइ रहेको छ।
Sthaniya News
