आरएन पटेल,रौतहट, फागुन १६ गते। ।
जनता समाजवादी पार्टी नेपाल का तर्फबाट रौतहट क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द चौधरीले मौलापुर नगरपालिकामा व्यापक घरदैलो तथा शक्ति प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन।
मौलापुर नगरपालिका स्थित मर्यादपुरबाट सुरु भएको भव्य र्याली नगरका मर्यादापुर, चिरचिरिया, गम्हरिया, मौलापुर, पतौरा, पथरा हुँदै विभिन्न टोलबस्ती परिक्रमा गर्दै सोनरनिया सम्म पुगेको छ। कार्यक्रममा हजारौं नेता-कार्यकर्ता तथा जनसमर्थकहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले स्थानीय नागरिकलाई आफ्ना पक्षमा मतदान गरी क्षेत्रको नेतृत्व परिवर्तनको अभियानमा सहयोग गर्न अपिल गरेका छन । क्षेत्र नं. ३ मा जसपा नेपालले निश्चित रुपमा बिजयी हासिल गर्ने स्थानीय मतदाताहरुले प्रतिक्रिया दिएका छन।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले “विकासका लागि गोविन्द चौधरी” भन्ने नारासहित उत्साहपूर्ण समर्थन जनाएका छन। मौलापुर नगरको परिक्रमा गर्दै निकालिएको मोटरसाइकिल र्यालीले निर्वाचन क्षेत्रभित्र जसपा नेपालको बलियो जनआधार रहेको सन्देश दिएको स्थानीयहरूको भनाइ छ।
यस शक्ति प्रदर्शनपछि क्षेत्र नं. ३ को चुनावी माहोल थप तातेको देखिएको छ। जसपा नेपालले आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न घरदैलो अभियानलाई अझ तीव्र बनाउने जनाएको छ।

Sthaniya News
