स्थानीयन्यूज संवाददाता
काठमाडौँ, फागुन २३ गते।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म १०० सिटको नतिजा आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७९ सिटमा जित हात पारेको छ । पार्टीले ४३ सिटमा अग्रता बनाइरहेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेसले ११ सिटमा जित र ७ सिटमा अग्रता बनाएको छ । नेकपा एमाले ५ सिटमा जित र ७ मा अग्रतासहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ सिटमा जित र ४ सिटमा अग्रता बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मात्र सिट जित्दा अन्य कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।
स्वतन्त्र उम्मेदवार १ जनाले जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता बनाइरहेको छ ।

Sthaniya News
