संजय सहनी,रौतहट, फागुन २३ गते।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको रौतहट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चाैधरी विजयी हुनु भएको छ ।
राैतहट क्षेत्र नं. १ मा रास्वपाका चाैधरीले १८२५३ को फराकिलो मतान्तरले निर्वाचित हुनु भएको छ ।
शुक्रबार विहानै देखि जारी रहेकाे मतगणनामा भने राजेश कुमार चौधरी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले सुरुदेखि नै अग्रता कायम गर्दै आएको थियाे ।

जम्मा खसे ७१ हजार २०३ मत मध्ये चौधरीले २८ हजार ९४६ मत प्राप्त गरि बिजयी हुनु भएको छ।
उनका निकटतम प्रतिस्पर्धी अजय कुमार गुप्ता (नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)) ले १०हजार ६ सय ९३ मत प्राप्त गरि दाेस्राे स्थान रहनु भएको छ ।
त्यसैगरी अनिल कुमार झा (नेपाली कांग्रेस) ले ८ हजार ५७४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ भने माधव कुमार नेपाल (नेपाल कम्युनिस्ट पार्टी) ले ७हजार ६६९ मत प्राप्त चाैथाे स्थान रहनु भएको छ ।
यस्तै योगेन्द्र राय यादव (जनता समाजवादी पार्टी, नेपाल) ले ६ हजार ८४६ मत प्राप्त गरेर पाचौं स्थानमा रहनु भएको छ ।
राैतहट क्षेत्र नं. १ मा कुल खसेकाे मत ७१ हजार २०३ मतकाे मतगणना हुदा रास्वपा उम्मेदवार चाैधरी सुरु देखि नै अग्रता कायम राख्दै अग्र स्थानमा रहनु भएको छ । बदर ५ हजार १०३ मत बदर भएको छ भने ६६ हजार ५३ मत सदर भएको मुख्य निर्वाचन अधिकृत मनोज के.सिले जानकारी दिनु भएको छ।


Sthaniya News
