काठमाडौं ,फागुन २८ गते।
निर्वाचन आयोग नेपालले आधिकारिक रुपमा समानुपातिकतर्फ दलगत रुपमा सांसदहरूको संख्या टुंगो लगाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी राष्ट्रिय दल बनेका ६ दलले पाउने सांसद संख्या बारे जानकारी गराएका हुन।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समान ४/४ सांसद पाउने भएका हुन ।
आयोगले समानुपातिकतर्फका सांसदका लागि तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी पेस गर्न सम्बन्धित दलहरूलाई जानकारी गराइसकेको पनि जनाएको छ ।

Sthaniya News
