काठमाडौँ, चैत ०१ गते ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा पहिलो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी गराएका हुन ।
प्रवक्ता झाका अनुसार खस आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको बताएका छन ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन ।निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाको भनाइ छ ।
Sthaniya News
